विवाह गर्ने तयारीमा वरुण

फिल्म । डेब्यु फिल्म ‘स्टुडेन्ट अफ द इयर’ मार्फत नै दर्शक माँझ नोटिस भएका थिए , वरुण धवन । उनको फिमेल फ्यान फ्लोअर्स पनि राम्रो छ । यिनै वरुणले अब फ्यानको मन दुखाउने भएका छन् । अर्थात उनको विवाह आउँदो वर्ष सन् २०२० को अप्रिलमा हुने चर्चा छ । उनको केजेल फ्रेण्ड तथा गर्लफ्रेण्ड नताशा दलालसंग उनले विहे गर्न लागेका हुन् ।

कलेज लाइफ देखि नै एक अर्काको माँझ परिचित बनेका वरुण र नताशाले अन्तत विहे गर्ने निर्णय गरेका हुन् । उनले त्यसैको तयारी स्वरुप आउँदो वर्षको केहि महिना ब्रेक समेत लिएका छन् । यी दुइले प्रेमलाईफलाई स्वीकार गरिसकेका छन् । नताशा पनि वरुणसंग विवाह गर्ने कुराले उत्साहित छिन् । वरुण आउँदो फिल्म ‘स्ट्रीट डान्सर ३ डी’ मा व्यस्त छन् ।

कमेन्ट गर्नुहोस्