‘बर्षदिन भयो परदेश गाको’ सार्वजनिक (भिडियो)

संगीत । गायिका निशु ढकालको नयाँ गीत ‘बर्षदिन भयो परदेश गाको’ सार्वजनिक भएको हो । गीतमा नेपाली समाजमा भएको समसामयिक बिषयलाई उठान गर्ने प्रयत्न गरिएको छ ।

नेपालीहरुको पछिल्लो रोजीरोटी विदेश जाने प्रथाले निम्ताएको विवध पाटोलाई गीतले प्रस्तुत गरेको छ । बेरोजगारी समस्या जस्ता विविध बाध्यताका कारण श्रीमान विदेशिएको प्रशंग गीतमा राखिएको छ ।

गीतमा शब्द, संगीत नविन के तिमिल्सिनाको रहेको छ । निर्देशन तथा सम्पादन पनि स्वयं नविनले नै गरेका हुन् । सुनिल शाहीले खिचेको भिडियोमा स्मारिका र किशोरले अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्