‘दाल भात तरकारीलागि स्वदेशमै संघर्ष गरौ’ हरिवंश आचार्य

फिल्म । अभिनेता हरिवंश आचार्यले दाल भात तरकारीकै लागि विदेशी भूमिमा काम गर्न जाने भन्दा पनि स्वदेशमै संघर्ष गर्ने पर्नेमा जोड दिए । उनको लेखन तथा अभिनय रहेको फिल्म ‘दाल भात तरकरी’ को मोफसल टुर अन्तर्गत पुर्वका सञ्चारकर्मीलाई इटहरीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नै देशमा केहि गर्ने भावना फिल्मले जगाउने बताए । ‘हामी दैनकी जीविकोपार्जनका निमित विदेशिन्छौ , जसले हाम्रो छनिक भविष्यलाई मात्र राम्रो बनाउछ’ उनले भने ‘स्वदेशमा केहि गर्न सके यसले आफुसँगै समाजलाई रोजगार सिर्जना गर्छ ।’

यसै गरि अर्का कलाकार तथा फिल्मका प्रस्तुतकर्ता किरण केसीले पनि फिल्मलाई अर्ग्यानिक भने । ‘हाम्रो कथा आफ्नै माटोको हो , हामीले विदेशीको नक्कल गरेका छैनौ’ उनले पत्रकारलाई सम्बोधन गर्दै भने ‘नेपाली फिल्मलाई नेपालको हरेक कुनाबाट साथ् मिल्नु पर्छ अनि मात्र हामीले धक फुकाएर लगानी गर्न सक्छौ ।’

टुरमा आँचल शर्मा , विल्सन विक्रम राइ , शिवहरी पौडेल लगायतका कलाकार छन् भने रामचन्द्र काफ्ले र जुनु काफ्ले पनि साथमा छन् । फिल्म युनिटले पुर्वका तिन सहरमा दर्शक तथा पत्रकार भेटघाट सकेर हेटौडा आइपुगेको छ । चैत्र २८ मा हेटौंडा, चैत्र २९ मा चितवन, चैत्र ३० मा वुटवल, वैशाख १ गते नेपालगञ्ज, वैशाख २ गते दाङ र वैशाख ४ मा पोखरामा कन्सर्ट गर्नेछ । त्यसपछि टिमले काठमाण्डुमा पनि कन्सर्ट गर्दैछ । किरणकै पुत्र सुदन केसीले यसलाई निर्देशन गरेका छन् ।

यो फिल्मको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । निरुता सिंह, वर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सन विक्रम राई, यमन श्रेष्ठलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई दिर्घ गुरुङले खिचेका हुन् । यसमा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेललगायत निर्मातामा छन् ।

कमेन्ट गर्नुहोस्